गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्था कडा

गुल्मी । गुल्मी जिल्लाका प्रहरी उपरीक्षक अर्जुन रानाभाटाले गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको बताएका छन् ।

केही दिन पहिले गुल्मी जिल्लामा काज सरुवा भई आउनुभएका रानाभाटले जिल्ला स्थित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको जानकारी दिए ।

चाडपर्वको समयमा मदिरा सेवन गरी होहल्ला गर्ने ,झगडा गर्ने र सवारी दुर्घटना बढी हुन सक्ने भएकाले प्रहरीले सोही अनुसार योजना बनाई निगरानी बढाएको बताएका छन् । आफू जिल्लामा रहुन्जेल जिल्लाको सुरक्षा ब्यबस्थालाई चुस्त दुरुस्त बनाई जनताको जन , धनको सुरक्षा र नागरिकले प्रहरीको अनुभूती गर्ने गरी काम गर्ने बताए ।

चाडपर्वको समयमा मदिरा सेवन गरी सवारी चलाउने , क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारी चालकहरुलाई निगरानीमा राखी कारवाही गर्ने गरी आफूले ट्राफिक प्रहरी र प्रहरी युनिटहरुलाई निर्देशन दिएको पनि दाबी गरे ।

चाडपर्वलाई लक्षित गर्दै जिल्लाका तीन स्थानहरुमा यात्रु सहायता कक्षा स्थापना गरेको उनले जानकारी दिए । जिल्लाको रुरक्षेत्र गाउँपालिकाको रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुंगामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वको समयमा यात्रुहरुलाई समस्या पर्न सक्ने भन्दै यात्रु सहयाता कक्षको स्थापना गरिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । भेटघाट कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले जिल्लाको अवस्था रसुधारका पक्षका बारेमा सुझाब समेत दिएका थिए । – खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय