मुनपा ८ स्थित श्री खडगदेबी मन्दिरको  प्रवेशद्वार  नगरप्रमुख बाट शिलान्यास ।

महेन्द्र घिमिरे गुल्मी/नबखबर

मुसिकोट नगरपालिका ८ वामी मैदान स्थित एतिहासिक धार्मिक तथा पर्यटकिय आकर्षकको रुपमा रहेको वामीकोट सङ्गै खडगदेबी मन्दिर प्रवेशद्वारको निर्माणको आज एक कार्यक्रम बिच शिलान्यास कार्यक्रम सप्पन्न गरिएको छ।

वामी सेवा समिति जापानका अध्यक्ष समाजासेबी ब्याक्तित्व कृष्ण सापकोटाले आफ्नो ब्यत्तिगत लगानी बाट उक्त प्रवेशद्वार निर्माण गरिदिन लाग्नु भएको हो। यश अघि नि थुप्रै सामाजिक कार्य गर्नुभएका उहाँले अहिले प्रवेशद्वार निर्माण गरिदिन लाग्नु भएको हो। उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले दानबिर परिबारलाई धन्यवाद ज्ञापन गर्दै खडगदेबि मन्दिरको पुर्न निमार्णको कामका लागि जुटन आग्रह गर्नुभयो। कार्यक्रममा मुसिकोट नगरपालिका ७ र ८ का वडा अध्यक्ष प्रकाश काफ्ले नारायण सापकोटा समाजसेवी अग्निधर लोहनी श्री शारदा मा बि प्र अ ज्ञानहरी सापकोटा समाजसेवी भुवन केसि लगायतको उपस्थिति रहेको थियो।

उक्त प्रवेशद्वारको लागत  १६ लाखको हुने जानकारि प्राप्त भएको छ्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय