५५ जना वृद्धवृद्धा बस्ने आश्रमलाई समाजसेवी थापाको सहयोग

काठमाण्डौ । काठमाण्डौको बुढानिलकण्ठमा सञ्चालित रिमा सेवा समाजलाई समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गर्नुभएको छ ।

झण्डै ५५ जना असहाय वृद्धवृद्धाहरुलाई सहायता प्रदान गर्दै आईरहेको समाजलाई समाजसेवी थापाले नगद रु ३० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । सोह्रश्राद्धको अवसरमा आफ्नो बुबाआमाको स्मृतिमा समाजसेवी थापाले झण्डै २ दिनका लागि आश्रममा खाना तथा खाजा पुग्ने गरी सहयोग गर्नुभएको हो ।

असौज ८ गते नेपाल आउनुभएका समाजसेवी थापाले उक्त दिननै रिमा सेवा समाजमा पुगेर उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो । सञ्चालिका रिमा सापकोटालाई भेटेर सहयोग प्रदान गर्दै थापाले बुढेसकालमा सहाराविहिन बनेका बुबाआमालाई सहारा दिएर पुण्यको काम गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

सहयोग रकम ग्रहण गर्दै सञ्चालिका सापकोटाले मिडिया र अभियान्ताको पहुँच भन्दा बाहिर रहेकी आफुलाई कुनैबेला वृद्धा आमाबुबालाई खानपिनका लागि समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा यति ठुलो रकम प्राप्त गरेकोमा सहयोगी थापाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त अवसरमा थापाले वृद्धाआश्रमका बुबाआमाहरुसगं भेटघाट गरी आशिर्वाद समेत ग्रहण गर्नुभयो । समाजसेवी थापाले सोही दिननै काठमाण्डौकै एक सहाराविहिन आमालाई समेत खाद्यान्न लगायतका अन्य सामाग्रीहरु सहयोग गर्नुभएको छ । शारिरिक रुपमा पूणर् अशक्त २७ वर्षीय भोला श्रेष्ठकी आमालाइ उहाँले खाद्यान्न सहयोग गर्नुभएको छ भने आमाको पसलमा रहेको सम्पूर्ण उधारो रकम समेत तिरिदिनुभएको छ ।

यसवर्षको दशैँ विपन्न र यसभन्दा अगाडी आफुले सहयोग गरेका परिवारमा गएर मनाउने निणर्य गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय