किवी खेतीमा किसानको आकर्षण

कौरव खत्री,गुलमी/नब खबर

बागलुङको ताराखोलाका किसानले व्यवसायिक रुपमा किवी खेती गर्न थालेका छन् । ताराखोलाका नारायण घर्तिमगर र खिम बहादुर रोक्काले किवी खेतीबाट मनग्य आम्दानी गर्न थाल्नु भएको छ । उहाँहरुको प्रगती देखेर किवी खेतीप्रति अन्य किसानले समेत चासो देखाउन थालेका छन् । ताराखोला गाँउपालिका–५ नाङ्गीका कृषक नारायण घर्तिमगर र खिम बहादुर रोकाले व्यवसायिक किवी खेती गर्नु भएको छ । २०७४ सालमा रामेछापबाट किवीका विरुवा ल्याएर परीक्षण गरिएको थियो । उहाँहरुले करिब २० हजारको लगानीबाट किवी खेती शुरु गर्नुभएको हो ।

किवी खेतीको लागि उपयुक्क्त ठाउँ भएकाले किवीप्रति कृषकको आर्कषण बढेर गएको छ । अहिले कृषकका बारीभरी किवी लटरम्मै छ । किवीबाट पोहोर भन्दा आम्दानी बढ्ने आशा कृषकले गरेका छन् ।

किवी आम्दानीको स्रोत मात्र नभइ स्वास्थ्यको दृष्टिकोणले पनि निकै फलदायी मानिन्छ । किवीको प्रचुर सम्भावना रहेका कारण ताराखोला गाँउपालिकाले ३ र ५ वडालाई किवी पकेट क्षेत्र घोषणा गरेको छ । किवीको बजारीकरणमा पनि समस्या छैन ।

किवी खेतीको प्रवद्र्धनका लागि ताराखोला गाँउपालिकाले विरुवा वितरणदेखि लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गाँउघरमा नयाँ प्रजातिका फलफुलको पहिचान गरेर मौसमी र बेमौसमी समयमा पनि कृषि क्षेत्रमा फलफुलको राम्रो सम्भावना छ । कम लगानी, र मिहेनतबाट किवी खेती गर्न सके किवीलाई आम्दानीको गतिलो श्रोत बनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय