बँदेलले आक्रमणका कारण एक युवकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ नौरङ्गेमा जंगली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते बिहान ६ बजे मर्निङवाक् जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बँदेलले आक्रमण गर्दा घाइते भएका ४० वर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । पेटमा गहिरो चोट लागेका बिकको शरीरका अन्य भागमा समेत चोट लागेको थियो ।

यो पनि पढ्नुहोस् – चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भतेरी जंगलमा टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका २९ भतेरीमा नारायणगढबाट जुगेडीतर्फ जाँदै गरेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक तनहुँको देवघाट गाउँपालिका-५ का ५१ वर्षीय बिक्रम तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय