नेपाली कांग्रेस,गुल्मी-काठमांडौ सम्पर्क समितीद्वारा शुभकामना आदानप्रदान

काठमांडौ-नेपाली कांग्रेस गुल्मी काठमांडौ सम्पर्क समितीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपालीहरुको महान पर्व विजयादशमी,शुभदीपावली तथा छठ पर्वको अवसर पारेर कार्यक्रम गरिएको समितिका उपाध्यक्ष कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो |

गुल्मीबाट विभिन्न पेसा व्यवसाय तथा अध्ययनको लागि काठमांडौमा बसोबास गरेका नेपाली कांग्रेसमा आवद्द गुल्मेलीहरुको जमघट तथा भेटघाटमा कार्यक्रम सम्पन्न गरिएको बताइएको छ | कार्यक्रम शनिबार बिश्वभाषा क्याम्पस प्रदर्शनि मार्गमा गरिएको आयोजकले बताएको छ |

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो | सो कार्यक्रममा बोल्दै केसीले चाडपर्वले सबैमा उत्साह,उमंग ल्याओस भन्दै शुभकामना दिनुभएको थियो |

संपर्क समितिका सभापति ज्ञान बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा माननिय शुबर्ण ज्वारचन, ने.का क्षेत्रीय सभापति चन्द्र बहादुर महत,धनेन्द्र कार्की,मोहन ज्ञवाली ,ई.हरी दर्लामि,प्रदेश समिती सदस्य माधव खरेल,मोति भन्डारी महासमिति सदस्य अमृत ज्ञवाली, महाधीबेशन प्रतिनिधी तुलसी पान्डे,महिला नेतृ भगवती काफ्ले, प्रा.डा. तारा प्रसाद सापकोटा,योगराज शर्मा कंडेल,ज्ञाननिष्ठ ज्ञवाली,कांग्रेस नेता भरत बस्नेत,मुकुन्द भन्डारी,नरहरी घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो |

कार्यक्रम गुल्मी काठमांडौ पालिका सम्पर्क समितीका प्रतिनिधी तथा पदाधिकारी,महाधिवेशन प्रदेश प्रतिनिधि,शुभेच्छुक तथा भात्रृ संगठनहरुको समेत प्रतिनिधित्व रहेको थियो |

स्वागत मन्तव्य महासमिती सदस्य अमृत ज्ञवालीको रहेको थियो भने कार्यक्रम सन्चालन गुल्मी  काठमांडौ मुसिकोट सम्पर्क समितीका सचिव प्रमेश्वर घिमिरेले गर्नुभएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय