काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।
डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भोल्टेसेवा पनि उपलब्ध गराइएको छ ।Ed-markCivil Bank
उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालको अग्रणी सस्ता नेपाल टेलिकमले आफ्नो सेवा देश भरिनै सञ्चालन गरिरहेको छ ।
अन्य कम्पनीहरूको चुनौती समेत खेपिरहेकी यो कम्पनीले बेला बेला ग्राहकहरुको लागि अफर समेत सार्वजनिक गर्ने गरेको छ । यसै बीच नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ ।कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।
यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ ।
त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4# डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ ।
यो पनि पढ्नुहोस् – काठमाडौं – कोरोना संक्रमण भएको २ वर्षको अवधिमा अहीले सम्मकै धेरै १० लाख ८० हजार संक्रमित थपिएका छन् । यो आंकडा अमेरिकाको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार मात्रै १० लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ ।
यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ । यता, यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकोमा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् ।