संस्कृतिको संरक्षण गर्न बिधालयमा सराँंयनाच प्रतियोगिता

 गुल्मी । गुल्मी र यस आसपासका जिल्लामा विशेष गरि परम्परागत सराँयनाच प्रचलित छ।

धार्मिक क्षेत्र र मठ मन्दिरमा मानिसहरु जम्मा भएर नृत्यकारहरुले भाला,खुकुरी,तरवार,लाठी र रुमाल सहित गोलाकार घेरामा बाजागाजा सहित समुहमा जोडि नृत्य प्रदर्शन गर्दछ्न। तर पछिल्लो समयमा युवाहरु बिदेश जाने र तिब्र बसाइँसराइले गर्दा यो नाँच लोप हुने अवस्थामा पुग्न लागेको छ।

यद्यपि सराँयनाचको संरक्षणको लागि विभिन्न संघ संस्थाहरुद्वारा दशैँ र महोत्सवको बेला प्रतियोगितात्मक सराँयनाच आयोजना गरिँदै आईएको छ।यस्तै मुसिकोट क्षेत्रमा नाँचिने ऐतिहासिक सराँयनाचको संरक्षणको लागि पनि विभिन्न तवरले मेला तथा महोत्सवमा यो नाँच प्रदर्शन हुँदै आएको छ ।

यस्तै मौलिक तथा ऐतिहासिक सराँयनाचको संरक्षणको लागि पशुपति निम्न माध्यमिक बिधालय मुसिकोट नगरपालिका ४ तल्लो दजाकोट गुल्मिले बिद्यार्थीस्तरिय सराँयनाच प्रतियोगिता सम्पन्न गरेको छ।

बिधालयको नियमित अतिरिक्त क्रियाकलापको समयमा ऐतिहासिक सराँयनाच प्रतियोगिता राखिएको बिधालयले जनाएको छ। प्रतियोगितामा बिद्यार्थीका विभिन्न पाँच समुहका ३६ जनाले सहभागिता जनाएका थिए।

बिद्यार्थी स्वयंले काठबाट निर्माण गरेका भाला ,खुकुरी ,तरवार सहित रेकर्डेड बाजाको धुनमा सराँय नृत्य प्रस्तुत गरेका बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बताउनुभयो । सराँय नाँच प्रतियोगितामा बृहस्पति सदन प्रथम,बुध सदन द्वितीय ,मङ्गल सदन र पृथ्वी सदन तृतीय , शुक्र सदन सान्त्वना भएका थिए।

प्रतियोगिताका सफल सहभागिहरुलाई टीका र पुरस्कारले सम्मान गरिएको थियो।बिधालयमा ऐतिहासिक सराँयनाँच संरक्षणको लागि बिद्यार्थीस्तरिय प्रतियोगिता हुनु निकै प्राभावकारी कार्य भएको स्थानिय अभिभावक थमन बहादुर गाहा मगरले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय