सत्यवती गाउँपालिकाद्धारा विद्यालय व्यवस्थापन समिती गठन गर्न अनुरोध

विष्णु प्रसाद आचार्य (चकित) / नबखबर

गुल्मी / सत्यवती गाउँपालिका गुल्मीद्धारा विद्यालय व्यवस्थापन समिती गठन गर्न सम्बन्धित विद्यालयहरुलाइ अनुरोध गरिएको छ ।

सत्यवती गाउँपालीका गाउँकार्यपालिकाको मंसिर २४ गतेको बैठकको निर्णय अनुसार कोरोना भाइरसको संक्रमणका कारण समिती गठन गर्न बाँकी रहेका विद्यालयहरुलाइ गठन गर्न अनुरोध गरिएको सत्यवती मावि हसराका शिक्षक प्रकाश भट्टराइले नबखबरलाइ जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्डको पालना गरि तोकिएको नियम अनुसार प्रचलित कानुन बमोजिम आउँदो पौष २५ गते भित्र अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समिती गठन गर्न अनुरोध गरिएको आइतबार प्रकाशित पत्रमा शिक्षा अधिकृत रोशन घिमीरेले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय