डेंगु संक्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो

काठमाडौं । नेपालमा डेंगुका बिरामी नेपालमा १२ हजार २१७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार ३०४ जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय ४७, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३ सय ८०, गण्डकीमा २ सय ४५, मधेश प्रदेशमा २२३ र कर्णाली प्रदेशमा १८४ जनामा डेंगु संक्रमण देखिएको छ।

हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ। ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।

यो पनि पढ्नुहोस् – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

स्वासथ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय