आलुको विउ भण्डारणका लागी ढोरपाटनमा एक भवन उद्घाटन कार्यक्रम सम्पन्न

ढोरपाटनमा आलुको विउ भण्डारण भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

ढोरपाटन नगरपालिकाको वडा नं. ९ मा आलुको बीउ भण्डारण भवन उद्घाटन गरिएको छ । २० लाखको लागतमा निर्माणधिन भवनको नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभएको हो ।

कृषि अनुसन्धान केन्द्र नार्क मार्फत, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कास्की लुम्लेले लागत स्टेमेट गरेर तयार परिएको आलु भण्डारण भवनमा २८ टन आलुको बीउ भण्डार गर्न सकिने छ । ढोरपाटनमा आलु उत्पादन हुँदै आएको छ । आलु उत्पादक किसानलाई आलुको बीउ भण्डारण गरि वाली लगाउने समयमा सहज रुपमा वीउ प्राप्त गर्न सजिलो होस भनेर भण्डारण भवन बनाइएको क्षेत्रीय निर्देशक कालिका प्रसाद उपाध्यायले बताउनुभयो ।

ढोरपाटनका आलु उत्पादक कृषकले बीउको आलु सुरक्षित गर्न भवनले सहयोग पुर्याउने नगर प्रमुख नेपालीले बोल्नुभएको छ । आलु उत्पादनमा बृधि र उचित बजारका लागि समेत नगरपालिकाले ध्यान दिने बताउँदै नगर प्रमुख नेपालीले, उत्कृष्ठ उत्पादनलाई प्रोत्साहन र अनुदानको व्यवस्था समेत स्थानीय सरकारले गर्ने बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा नगरका वडा अध्यक्षहरु लक्ष्मण पुन, चित्रबहादुर भण्डारी, क्षेत्रीय कृषि निर्देशनालयका तर्फबाट चन्द्रकान्त तिमिल्सिना, खीम क्षेत्री लगायतको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय