कहाँ छन् सन्दीप ? प्रहरी र क्यान नै अनभिज्ञ

ना’बा’लिकामाथि ज’बरज’स्ती क’र’णीको आ’रोप खे’पिरहेका नेपाली क्रिकेट टिमका नि’लम्बित कप्तान सन्दीप लामिछाने कहाँ छन् भन्नेबारे नेपाल प्रहरी र नेपाल क्रिकेट संघ (क्यान)ले अनभिज्ञता प्रकट गरेका छन् ।

आफूविरुद्ध प’क्रा’उ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी कहाँ छन् भन्ने अत्तोपत्तो छैन । सन्दीपले आफूमाथि लागेको आरोपबारे बोल्दै शुक्रबार सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्ने बताएका थिए ।

उनले अनुसन्धानलाई सहयोग गर्न आफूआवद्ध क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका थिए । ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए । त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए । सन्दीप गत शुक्रबार अन्तिम पटक क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको सम्पर्कमा आएका थिए ।

त्यसयता उनी न क्यानको सम्पर्कमा छन् न नेपाल प्रहरीकै सम्पर्कमा छन् । कहाँ छन् सन्दीप भन्ने प्रश्नमा नेपाल प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप प्रहरीको सम्पर्कमा नरहेको बताए । उनले क्यानले सन्दीपलाई प्रहरीसमक्ष ल्याउने अपेक्षा गरेको पनि सुनाए ।

‘सन्दीप लामिछानेसम्बद्ध संस्था क्यानले उनलाई नेपाल ल्याउँछ भन्ने अपेक्षा गरेका छौँ । हामीले नेपालमा देखिनासाथ पक्राउ गर्न कालोसूचीमा राखेका छौँ । लामिछाने नेपाली भूमिमा छैनन् । उनी नेपाल प्रहरीको सम्पर्कमा छैनन्’ प्रवक्ता कार्कीले भने । यता, क्यान पनि सन्दीप कहाँ छन् भन्नेबारे जानकार छैन ।

घटना बाहिरिएपछि क्यानका कार्यवाहक सचिव मल्लको सम्पर्कमा आएका थिए । वेस्ट इन्डिजको एयरपोर्टमा छु भनेर अन्तिम पटक शुक्रबार लामिछानेले आफूसँग कुराकानी गरेको मल्लले जानकारी दिए । त्यसयता उनी कहाँ छन् भन्नेबारे कुनै संवाद नभएको उनी बताउँछन् । मल्लले भने, ‘अन्तिम पटक गत शुक्रबार सन्दीपसँग कुरा भएको थियो ।

‘म निर्दोष छु । नेपाल फर्किँदै छु । कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेका थिए । त्यसयता हाम्रो संवाद भएको छैन । आफ्ना कानुन व्यवसायीको सम्पर्कमा छन् भन्ने सुनेको छु । त्यसभन्दा अरू जानकारी छैन ।’ उनीमाथि नुवाकोटकी एक किशोरीलाई सिनामंगलस्थित होटलमा राखेर ब’ला’त्का’र गरेको आरोप छ ।

२१ भदौमा एक १७ वर्षीया ना’बालिका किशोरीले आफूलाई ब’ला’त्का’र गरेको भन्दै उजुरी दिएकी थिइन् । गत ५ भदौमा सन्दीपले आफूमाथि ज’ब’रज’स्ती क’र’णी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । ती किशोरीले प्रहरी वृत्त गौशालामा दिएको उजुरीमा सन्दीपले आफूलाई पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर गरेको उल्लेख गरेकी छन् ।

सोही दिन दिउँसो सन्दीपले ती किशोरीलाई घुम्न नगरकोट लगेका थिए । साँझ काठमाडौं फर्केर उनीहरू होटल इनमा बास बसेको र राति ब’ला’त्का’र गरेको उनले प्रहरीसामु बयान दिएकी छन् । घटनाको अनुसन्धान गरेर प्रमाण संकलनप्रश्चात् प्रहरीले अदालतबाट सन्दीपविरुद्ध पक्रा’उको आदेश लिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई पक्रा’उ पूर्जी आदेश दिएको थियो । लामिछानेलाई अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ । उनलाई विमानस्थलबाटै पक्रा’उ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय