मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले पैदलयात्री ४५ वर्षकी फुलमती देवी खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली खटिएको थियो । घाइते खातुनलाई तत्कालै उद्दार गरी उपचारको लागि वीरगञ्जको नारायणी अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा आइतबार राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले चालक पटेर्वासुगौली–१ का ३५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस् – वीरगञ्ज । सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीले ट्रकका चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने ३७ वर्षीय ललित चौधरीलाई पक्रेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय