आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस् – काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । आईतबार बैंकको सेयर मूल्य १.०१ प्रतिशतले गिरावट आएको हो । आज बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैंया २० पैसाले घटेर २१५ रुपैंया कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको १ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ७४ हजार ५३३ कित्ता सेयर खरिदबिक्री भएको हो

यो पनि पढ्नुहोस् – काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ सोमबार (भदौ २७ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा सोमबार (भदौ २७ गते) बिहान ९: १५ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

यता, श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय