राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङ बजारमा मोटरसाईकल ¥याली गर्ने

राष्ट्रिय जनमोर्चा बागलुङले आगामी पौष ३ गते सरकारका गलत कामका विरुद्ध जिल्ला सदरमुकाम बागलुङमा मोटर साईकल ¥याली गर्ने भएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको मंसिर २८ गते बसेको सचिवालय बैठकले गरेको निर्णय एक सार्वजनिक गर्दै, जिल्ला अध्यक्ष अमर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा, हाल देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै संघीयताको खारेजीका लागि देशव्यापी संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने निर्णयलाई बागलुङ जिल्लामा पनि सफल पार्ने निर्णय भएको उल्लेख गरेको छ ।

यस्तै विज्ञप्तिमा, ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने नाराका साथ देशव्यापी रुपमा हुने संघर्षका कार्यक्रम अन्तरगत पौष १ देखि १६ गते सम्म विभिन्न संघर्षका कार्यक्रम र पालिका तहमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरिने बताइएको छ भने, पौष ३ गते जिल्ला सदरमुकाम बागलुङ बजारमा मोटरसाईकल ¥याली प्रदर्शन गरिने उल्ल्ेख छ ।

यस्तै बैठकले, पौष १७ गतेदेखि २९ गतेसम्म विशेष संगठनात्मक अभियान र संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ । बागलुङ जिल्लाव्यापी चल्ने यो अभियान ३ टोली निर्माण गरी सञ्चालन गरिने भएको छ । जस्मा केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुंगाना र डिल बहादुर दर्जी, प्रदेश सभा सांसद कृष्ण थापा, राष्ट्रिय परिषद सदस्य तिलक थापा, बरेङ गापा अध्यक्ष कृष्ण पौडेल र नरबहादुर पुन रहेको टोलीले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका कार्यक्रम गर्ने छ ।

त्यस्तै जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार वेदीलाल सापकोटा, जिल्ला सदस्य लक्ष्मण पुन, लोकनाथ शर्मा र लक्ष्मी बास्कोटा रहेको टोलीले गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्रम गर्ने छ ।

यस्तै राष्ट्रिय परिषद सदस्य गौरीस्वर पाण्डे, पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रदेश सभा सांसद खिमविक्रम शाही, भिमसेन वन, मेक बहादुर पाईजा र प्रगति बुढा रहेको टोलीले निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा कार्यक्रम गर्ने वित्रप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय