विद्यालय जान हिँडेका ३ बालक बेपत्ता

रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्केका तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल रहेको आफन्तले बताएका छन् ।

उनीहरू बुटवलको-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । हिजो विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खो जतला सको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका छन् ।

पौडेलका मामा राजु पन्थीले बच्चाहरू अप ह र ण गरेर ब न्ध न भएको आशङ्का गरे । उनले भान्जा पौडेलसँग भएको फेसबुक च्याटमा कुरा गर्दा कसैले तिनाउ पुलमा लगेर केही वस्तु सुँ घा एपछि अहिले कोठामा राखेको तर कुन कोठा कहाँ भन्ने आफूहरूले पत्ता नपाएको

बताएको रातोपाटीलाई जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठ गबहादुर केसीले हराएका बच्चाहरूको खोज तला स सुरु भएको बताए । उनले रातोपाटीसँग भने, ‘हामीले सबै खोजतला स सुरु गरेका छौँ । उनीहरुको छिट्टै पत्ता लाग्छ।’ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय