सन्दीपले किशोरीलाई अर्को होटेलमा पनि राखेको खुलासा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ना’बा’लि’ग किशोरीलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई घण्टा राखेको भेटिएको खुला’सा भएको छ ।

अनु’स’न्धानमा खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र ना’बा’लि’ग इन्ट्री भएको प्रमाण लगबुक भेटाएको हो । भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक ब’ला”त्का’र गरेको १७ वर्षीया ना’बा’लि’गको आ’रोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनु’स’न्धान गरिरहेको छ । प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसिटिभी चेकजाँच गरेका छन् । होटलको लगबुकमा सन्दीप साँझ ८ बजे इन भएर १० बजेर २२ मिनेटमा बाहिर निस्केको भेटिएको अनु’स’न्धानमा संलग्न एकजना अधिकृतले बताए । त्यहाँबाट निस्केपछि सन्दीपले ति बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनु’स’न्धानबाट थाहा भएको छ ।

पीडितले प्रहरी वृत गौशालमा दिएको जा’हे’रीमा भनिएको छ–‘नगरकोटबाट फर्केर ११ बजेर ५५ मिनेटमा सन्दीपले मलाई काठमाडौं इनमा लगेका हुन्, १२ बजेर २५ मिनेटपछि पटक–पटक ब’ला”त्का’र गरे ।’ ब’ला”त्का’र आ’रो’पमा सन्दीपलाई प’क्रा’उ गरेर अनु’स’न्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमती दिएको छ । यसैबीच गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट/होटलको सिसिटिभी जाँच गरेको छ ।

अनु’सन्धा’नमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार ना’बा’लि’गको सूचनाका आधारमा हेर्दा नगरकोटका होटलको क्लोज सर्किट (सिसी) क्यामरामा उनीहरु घुमेको दृश्य भेटिएको छैन । होटल संचालकले ‘सिसिटिभी ले काम गर्दैन’ भनेपछि मेटाएको आशंकामा प्रहरीले हार्डडिस्क संकलन गरेर काठमाडौंमा ल्याएको छ ।

सो हार्डडिस्क रिकभर गर्न विधि विज्ञान प्रयोगशालामा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । घटनाबारे प्रहरी वृत्त गौशालाले अनु’स’न्धान गरिरहेको छ । सन्दीपलाई प’क्रा’उ गर्न आजै जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनीविरुद्ध उजुरी भने मंगलबार परेको थियो । घटनास्थल भनिएको एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटल बाट पनि प्रहरीले क्लोज सर्किट (सिसी) क्यामराका दृश्य संकलन गरेको छ ।

नाबालिग काठमाडौंका एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एप माफर्त कुराकानी भएपछि ना’बा”लिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्वी’कार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ, ‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’ लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय