काठमाडौं । पछिल्लो समयमा प्रयोगकर्ताहरू छोटा भिडिओमा धेरै आकर्षित हुन थालेपछि फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले पनि आफ्नो प्लेटफर्ममा रिल्स नामको छोटो भिडिओ प्लेटफर्म सार्वजनिक गरेको थियो ।
यति मात्र होइन इन्स्टाग्रामले केही फिचरहरू टिकटकको जस्तै उपलब्ध पनि गराइरहेको छ । इन्स्टाग्रामले पुन: टिकटकको जस्तै अर्को एउटा फिचर उपलब्ध गराउने भएको छ । यदि तपाईं टिकटक प्रयोगकर्ता हुनुहुन्छ र तपाईंले टिकटकमा रिपोस्ट फिचर प्रयोग गर्नुभएको छ भने अब यो फिचर इन्स्टाग्राममा पनि छिट्टै नै देखा पर्नेछ ।

हाल कम्पनीले आफ्नो प्लेटफर्ममा पनि रिपोस्ट फिचरको परिक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्य प्रयोगकर्ताले पोस्ट गरेको सामग्री आफ्नो न्युज फिडमा आफ्ना फलोअरले देख्नसक्ने गरी पोस्ट गर्न मिल्छ । यही फिचरलाई रिपोस्ट भनिन्छ ।
यसअघि भने इन्स्टाग्रामको स्टोरी अथवा डाइरेक्ट मेसेजमा आएका सामग्री मात्र शेयर गर्न मिल्थ्यो । अब भने कम्पनीले रिपोस्ट नाम नै दिएर न्युज फिडमा भएको सामग्री पनि शेयर गर्न मिल्ने फिचर थप गर्न लागेको हो । – टेकपानाबाट
यो पनि पढ्नुहोस् – काठमाडौं । अन्ततः मोटोरोलाले लामो समयदेखि चर्चामा रहेको स्मार्टफोन ‘एज ३० अल्ट्रा’ विश्व बजारका लागि सार्वजनिक गरेको छ । २०० मेगापिक्सेलको मुख्य क्यामेरा सेन्सर भएको पहिलो स्मार्टफोन ‘मोटोरोला एक्स ३० प्रो’ यसअघि चीनमा सार्वजनिक भएको थियो ।
यो फोन अल्ट्रा-हाई-रेजोलुसन क्यामेराका लागि मात्रै उल्लेखनीय छैन । मोटोरोला एक्स ३० प्रोमा १४४ हर्ज रिफ्रेश रेट युक्त ६.६७ इन्चको ठूलो डिस्प्ले, स्न्यापड्रागन एट प्लस जेन वन चिप, १२५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङसहित ४,६१० एमएएच ब्याट्री पाउन सकिन्छ ।
२०० मेगापिक्सेलक मुख्य क्यामेराका अलावा पछाडि भागमा अन्य दुई क्यामेरा राखिएका छन् । जसमा ५० मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर र १२ मेगापिक्सेलको टेलिफोटो सुटर दिइएको छ ।
फोनको अगाडि भागमा ६० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । मोटोरोलाले ९०० युरो (करिब एक लाख १५ हजार रुपैयाँ) मूल्य राखिएको एज ३० अल्ट्राको ग्लोबल लञ्च इभेन्ट इटालीको मिलानमा आयोजना गरेको थियो ।
मोटोरोलाले यो नयाँ फोनलाई सामसङ ग्यालेक्सी एस ट्वान्टी टु प्लस, आईफोन फोर्टिन प्रो र वनप्लस टेन प्रो लगायतका फ्ल्यागशिप मोडेलको प्रतिस्पर्धामा उतारेको छ । उल्लेखित प्रिमियम स्पेसिफिकेसनका साथ मोटोरोला एक्स थर्टी प्रो सहजै यो वर्षको शक्तिशाली फ्ल्यागशिप स्मार्टफोन बन्न सक्छ ।
यद्यपि यो विषयमा पूर्ण रिभ्यु गरेपछि मात्रै दाबी गर्न सकिएला । कम्पनीहरूले कागजी रूपमा जनाउने बाचाअघि फोनको वास्तविक प्रदर्शन निकै भिन्न हुने गरेको छ । मोटोरोला एज ३० अल्ट्रा १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको एक मात्र कन्फिग्रेसनमा उपलब्ध हुनेछ । जुन स्टारलाइट ह्वाइट र इन्ट्रेस्टेलर ब्ल्याक गरी दुई रङ्गमा आएको छ ।