सामुदायिक रेडियो पुष्पाञ्जलीले आयोजना गरेको एकल लोक गीत गायन प्रतियोगीता सम्पन्न : कमल बराल विजयी

मुसिकोट । सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीले आयोजना गरेको एकल लोक गीत गायन प्रतियोगीता सम्पन्न भएको छ ।

रेडियोको आफ्नै भवनमा सम्पन्न प्रतियोगीतामा उत्कृष्ट ५ प्रतियोगीले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । जसमध्ये प्रतियोगीताको प्रथम स्थान हासिल गर्दै मुसिकोट नगरपालिका ८ वामीमैदानका कमल बरालले नगद रु १० हजार रुपैयाँ जित्न सफल हुनुभएको छ । भने गलकोट नगरपालिका ८ हटियाकी कोपिला  बोहोरा द्धितिय हुँदै नगद रु ५ हजार र मुसिकोट नगरपालिका २ का विष्णु विसी तृतीय हुँदै नगद रु ३ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगीतामा बडिगाड ३ सिसाखानीकी जुनु थापा र गलकोट ११ रिघाकी तिलकुमारी राना सान्त्वना हुन सफल हुनुभएको थियो ।

रेडियो सञ्चालक समितिका सचिव सुन्दर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्णायक मण्डल सयोंजक कलाकार गोविन्द विश्वकर्मा रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वि.कले क्षमता भएर पनि पछाडी परेका प्रतिभाहरुलाई उजागर गर्न महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मुख्य प्रायोजक दरबार होटल एण्ड पार्टी प्यालेसका व्यवस्थापक अनुप पाण्डे, प्रायोजकहरु गिताञ्जली सुनचाँदी पसल वामीटक्सारका प्रोप्राईटर दिनेश सुनार ,सन्देश होटल एण्ड रेष्टुरेण्टका व्यवस्थापक रामु सापकोटा,पानस होटल एण्ड रेष्टुरेण्टका प्रोप्राईटर विष्णु महत, पिकेआर फेन्सी स्टोर्सका रामहरी सापकोटा, सापकोटा ईलेक्टोनिक्सका प्रोप्राईटर विकास सापकोटा ,रेडियो पुष्पाञ्जलीका कोषाध्यक्ष कौरव खत्री,वरिष्ठ जग्गादाता गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने निर्णायक र प्रायोजकहरुलाई समेत सम्मान गरिएको थियो ।

रेडियोका सह कोषाध्यक्ष विष्णु प्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियोका कार्यक्रम प्रमुख सुरज कार्कीले गर्नुभएको थियो ।

गाउँठाउँको कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्धेश्यले संचालन गरिएको कार्यक्रम गत साउन २३ गतेबाट सुरु भएको थियो । कार्यक्रममा झन्डै १५० जना प्रतियोगीमध्ये उत्कृष्ट ३५ हुँदै, उत्कृष्ट २०, उत्कृष्ट १०,उत्कृष्ट ५ हुँदै उत्कृष्ट ३ प्रतियोगी छनोट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय