क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको ना बा लि का क र णी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छा नबिन नगर्ने बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आ रोप मात्र लागेको र अ नुस न्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए।

‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सु नियो जित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी का र बाही हुनुपर्छु’, क्यान अध्यक्ष चन्दले भने।

उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको का रबा ही नगर्ने बताए। महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले

बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जब र्ज स्ती करणी गरेको आरोप छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजमा छन्।

त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय