मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु

कपिलवस्तु । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारामा गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनकी ४८ वर्षीया भाउजू राधा घाइते भएकी छन् । भट्टराईले चलाएको लु २९ प ४०४२ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी सवा ७ बजे गाईसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भट्टराईको चारनम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवनको राप्ती नगरपालिका ९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार ४६ वर्षीय राजकुमार तामाङ घाइते भएका भएका छन् ।

यो पनि पढ्नुहोस् – सामुदायिक रेडियो पुष्पान्जली एफ.एम ९७.४ मेगाहर्जले आयोजना गरेको एकल गायन प्रतियोगितामा उत्कृष्ट ५ छनोट भएका छन् । बिहिबार उत्कृष्ट ५ बाट उत्कृष्ट ३ छनोट हुने कार्यक्रम संचालक सुरज कार्कीले जानकारी दिनुभयो ।

गाउँठाउँको कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्धेश्यले संचालन गरिएको कार्यक्रम गत साउन २३ गतेबाट सुरु भएको थियो । कार्यक्रममा झन्डै १५० जना प्रतियोगीमध्ये उत्कृष्ट ३५ हुँदै, उत्कृष्ट २०, उत्कृष्ट १०,उत्कृष्ट ५ छनोट भैसकेका छन् भने उत्कृष्ट ३ बिहिबार छनोट हुनेछन ।

उत्कृष्ट ५ मा विष्णु बि.सी मुसिकोट २ मुसिकोट गुल्मी, जुनु थापा बडिगाड ३ सिसाखानी बाग्लुंग,तिलकुमारी राना गल्कोट ११ रिघा बाग्लुंग,कोपिला बोहोरा गल्कोट ३ हटिया बाग्लुंग,कमल बराल मुसिकोट ८ वामी गुल्मी रहनुभएको छ । कार्यक्रममा प्रथम हुनेले नगद १० हजार रुपैया र प्रमाणपत्र ,द्वितीय हुनेले नगद ५ हजार रुपैया र प्रमाणपत्र,तृतीय हुनेले ३ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन ।

कार्यक्रम एकल गायन प्रतियोगिता रेडियो पुष्पान्जलीको उत्पादन र प्रथम पुरस्कार सौजन्य होटेल दरबार एण्ड पार्टी प्यालेस मुसिकोट ७ गुल्मी,द्वितीय पुरस्कार सौजन्य दीपान्जली सुनचांदी पसल मुसिकोट ७ गुल्मी,तेश्रो पुरस्कार सौजन्य सन्देश होटेल एण्ड रेष्टुरेन्ट मुसिकोट ७ गुल्मी र शैक्षिक पार्टनरको रुपमा मालिका इंगलिस बोर्डिंग स्कुल मुसिकोट ७ गुल्मी रहेका छन् ।

त्यस्तै सापकोटा इलेक्ट्रोनिक पसल मुसिकोट ७ गुल्मी,पि.के.आर फेन्सी स्टोर्स मुसिकोट ७ गुल्मी,पानस होटेल एण्ड लज मुसिकोट ७ गुल्मीले आर्थिक सहयोगीको रुपमा भूमिका निर्वाह गरेका छन् | कार्यक्रममा मूल्यांकनको भूमिका बिभिन्न कलाकारहरुले गर्नुभएको र अहिले परिचय गोप्य राखिएको रेडियोले जनाएको छ ।

रेडियोमा फोनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेर उत्कृष्ट ५ मा परेका प्रतियोगीले बिहिबार रेडियोको स्टुडियोमा आएर प्रत्यक्ष रुपमा आफ्नो प्रस्तुती दिनेछन र प्रत्यक्ष रुपमै मुल्यांकन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय