यस्ता छन् सुनिता डगोंलका सय दिनका १५ काम !

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको काम सार्वजनिक गरेकी छिन्।

सय दिनको काम सार्वजनिक गर्दै डंगोलले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै नभएको बताएकी छिन्। साथै, उनले आफू नेकपा एमालेबाट निर्वाचित भएको र त्यसपछि महानगरवासीको साझा जनप्रतिनिधि भएको बताएकी छिन्।

‘म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ,’ डंगोलले भनेकी छिन्, ‘हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु।’

डंगोलले सार्वजनिक गरेका १५ कामः -१) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा, २) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल
३) वडास्तरीय महिला सेल गठन, ४) सय दिन महानगरवासी सँगसँगै

५) आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार, ६) मेलमिलापकर्ता छनौट प्रक्रिया, ७) मा न व बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, ८) शिक्षा क्षेत्रमा सुधार

९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण, १०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य, ११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता, १२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन

१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, १४) अपाङ्गता परिचयपत्र वितरण, १५) सहरी व्यवस्थापन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय