हाँसेर बजारमा आइन् समीक्षा

काठमाडौँ : गायिका समिक्षा अधिकारी हाँसोसहित बजारमा आएकी छिन्। उनी नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्।

बजारमा आएको उक्त गीत गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ। गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्। किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।

भिडिओ-

यो पनि पढ्नुहो्स्- काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले ब ला ‘त्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ ।

उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ । ‘लामिछानेबिरुद्ध १५ वर्षीया ना बा लिगले ब ला ‘त्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो ।

्क्यारेबियन लिग खेल्न जानुअघि ना ‘बा लिक किशोरीलाई सन्दिपले ब ‘ला ‘त्कार गरेको जनाइएको छ । उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलो ‘भन देखाइ जब ‘रज ‘स्ती गरेको जनाइएको छ । बला ‘त्का ‘रको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय