मुसिकोट नगरपालिकाको आयोजनामा वडा कार्यालय अनुगमन कार्य सम्पन्न

महेन्द्र घिमिरे गुल्मी/ नबखबर

मुसिकोट नगरपालि्काको आयोजनामा वडा कार्यालय अनुगमन तथा निरिक्षण कार्य सम्पन्न गरिएको छ।

मुसिकोट नगरपालिका अन्तर्गत वडा न ८ र ९ को वडा कार्यालय अनुगमन तथा निरिक्षण मुसिकोट नगरपालिका   वडा कार्यालय तथा अन्य संचालित योजना लगायतको अनुगमन गरिएको थियो। अनुगमन तथा निरीक्षणमा भाैगोलिक अबस्था जानकारी ,वडाहरुको गुनासो, भौतिक पुर्बधारको अबस्था, सेबा प्रबाह लगायत र मुसिकोट नगरपालिकामा प्रमुख प्रशासकिय  अधिकृत खिमानन्द भुसालको मुसिकोट नगरपालिका  आएपछी भेटघाट तथा परिचय, सम्मान लगायतका कार्यक्रम समेत गरिएको थियो। यस अगाडी मुसिकोट नगरपालिका १, २,३,४ र ५ वडा कार्यालय लगायत स्वास्थ्यचौकी बिधालय लगायतका निर्माणधिन योजनाको अनुगमन तथा निरीक्षण सम्पन्न गरिएको थियो।

अनुगमन तथा निरिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले  उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ। वडा कार्यलय अनुगमन तथा निरिक्षणमा मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे र पन्जिकरण शाखा महेन्द्र घिमिरे वडा अध्यक्ष वडा सदस्यहरु कर्मचारी लगायतको सहभागीता रहेको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय