ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा बडिगाड गाउँपालिकामा पनि

विष्णु प्रसाद आचार्य (चकित)

ग्लोबल आईएमई बैंकको नेपालभरीको गणनामा २ सय ३७ औं तथा मुसिकोट नगरपालिका वामिटक्सार शाखाको छैठौँ शाखारहित बैंकिङ सेवा बडिगाड गाउँपालिका वडा नं २ सिमलचौरमा सुरु गरिएको छ ।

शनिबारबाट ग्लोबल आईएमई बैंक मुसिकोट नगरपालिकाको वामिटक्सार शाखाको उपशाखाको रुपमा सो सेवा सुरु भएको हो ।शाखारहित सेवाको उद्घाटन गर्दै बडिगाड गाउँपालिका कार्यपालिका सदस्य हिमा खरेलले गाउँगाउँमै बैंकिङ सेवा आउनु स्थानीयबासीको लागि खुसिको कुरा भएको बताउनुभएको छ ,साथमा सेवाग्राहीलाइ छिटोछरितो सेवा दिने कुरामा आफु आशावादी रहेको र त्यस भेगका नागरिकको समय बचत हुने भएकोले आफु खुसी भएको उहाँको भनाइ छ ।

ग्लोबल आईएमई बैंक वामि शाखाका शाखा प्रमुख माधव उपाध्यायले शाखा रहित बैंकिङ सेवाले त्यहाँबाट सेवाग्राहीले खाता खोल्ने, पैसा जम्मा गर्ने, पैसा निकाल्ने लगायतका विषयमा सेवा लिन सक्ने जानकारी गराउनु भएको थियोे । ग्लोबल आइएमइ बैंकले सहुलियत कर्जाको रुपमा महिला उद्यमी व्यवसाय कर्जा, कृषी व्यवसाय कर्जा, दलित व्यवसाय कर्जा, तथा बैदेशिक रोजगारीबाट आइ स्वदेशमा व्यवसाय गर्न इच्छुक युवाहरुलाइ समेत सहुलियत कर्जाको व्यवस्था रहेको उहाँको भनाइ छ । कार्यक्रममा वडा सदस्य सुर्य बहादुर अधिकारी, पत्रकार कमल पौडेल, सरस्वती प्राविका प्रअ यादुलाल खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा व्यवसायीक प्रतिनिधि होमनाथ खरेललाई बैंकको तर्फबाट प्रमाणपत्र र बिएलबी मेसिन हस्तान्तरण गरिएको थियो । कार्यक्रम बैंकका वामि शाखा प्रमुख माधव उपाध्यायको अध्यक्षता, व्यवसायीक प्रतिनिधि होमनाथ खरेलको स्वागत मन्तव्य तथा बैंकका शाखा उपप्रमुख बुद्धमणि खरेलको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय