काँग्रेस बागलुङ क्षेत्र नं. १ र २ प्रदेशसभा (ख)को उमेद्वार बन्न १३/१३ जनाको नाम सिफारिस

बागलुङ : नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ । बिहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न आफनो आकांक्षा रहेका १३ जना प्रतिनिधीको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो ।

प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ६ जना सिफारिस भएका हुन् । प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधी अर्जुन शेरचन, ऋषिराम कंडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्र कुमार घर्ति मगर, शैलेश घर्ति मगर, सागर छन्त्यालको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, समानुपातिकतर्फ तुलासिँह घर्ति मगर, दिलमाया पौवी, नरजंग घर्ति, मेषलाल सर्मा, सीता कुमारी सर्मा, हितदेवी घर्तिको नाम सिफारिस गरिएको छ । समानुपातिकमा ३ जना महिलाको नाम सिफारिस भएको हो ।

त्यस्तै, नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ । बिहिबार कुश्मीशेरा बजारमा सम्पन्न भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न आफनो आकांक्षा रहेका १३ जना प्रतिनिधीको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो ।

प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ७ जना सिफारिस भएका हुन् । प्रत्यक्षतर्फ क्षेत्रीय सभापति दलबहादुर श्रीष राना, नेता सागर परियार, हरि प्रसाद आचार्य ओमकार थापा, कमराज सापकोटा र इन्द्रराज पौडेलको नाम सिफारिस गरीएको जिल्ला सचिव हरिहर शर्माले बताए ।

त्यसैगरी समानुपातिकतर्फ कल्पना पाठक (हमाल), शेरबहादुर बिक, सिताराम रसाइली, पदम बहादुर पुन, बिष्णु बस्नेत खत्री, लक्ष्मण आचार्य र श्रीकृष्ण पौडेलको नाम सिफारिस भएको हो । ७ जनाको नाम सिफारिस गर्दा कांग्रेसले दुई जना मात्रै महिलाको नाम क्षेत्रीय समितिलाई पठाएको छ ।

क्षेत्रीय समितिले आवश्यक छानविन पछि जिल्ला समितिलाई पठाएका नामावली मध्येबाट उम्मेदवारका आकांक्षीको नाम प्रदेश समितिमा पठाईने सचिव शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय