माओवादी गुल्मीबाट थापा प्रदेश सदस्य उमेदवारमा सिफारिस

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर–२ को ‘क’ प्रदेशबाट सो पार्टीका प्रदेश कमिटी सदस्य खुमबहादुर थापा –(अशोक ) प्रदेश सदस्य उमेदवारका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको पार्टीको प्रदेश कमिटी बैठकले नेता थापालाई मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रदेश सदस्य उमेदवारमा एकल रुपमा सिफारिस गरेको हो । नेता थापालाई प्रदेश सदस्य उमेदवारका लागि एकल निर्णय गरिएको मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिकले जानकारी दिए ।

‘अरु केही साथीहरुले पनि ईच्छा जाहेर गर्नु भएको थियो । तर अधिकांसले खुमबहादुर थापालाई नै सिफारिस गर्नुपर्छ भन्ने माग उठेपछि उहाँलाई मात्र सिफारिस गरियो ।’–अध्यक्ष बिकले भने ।

थापा माओवादी जनयुद्धदेखि कै पुराना कार्यकर्ता हुन । उनि २०६४ को संविधानसभा निर्वाचनसम्म पूर्णकालिन कार्यकर्ता थिए । मुसिकोट नगरपालिका–३ घर भएका थापा एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदा मुसिकोट नगरकमिटी अध्यक्ष थिए । २०७४ को निर्वाचनमा मुसिकोट नगरपालिका मेयर पदको उमेदवार रहेका थापा पराजित भएका थिए ।

२०६४ देखि नै उनी समानुपातिकबाट सांसद बन्ने चर्चा चले पनि त्यो अवसर पाएका थिएनन् ।- ग्लोबल आवाजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय