काङ्ग्रेस लुम्बिनी प्रदेश सांसदमा गुल्मीबाट श्रेष्ठ उम्मेदवारमा सिफारिस

गुल्मी । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ गुल्मी क्षेत्र नम्बर २ प्रदेश (क) बाट प्रत्यक्ष तर्फबाट प्रदेश सांसदका रुपमा नेपाली काङ्ग्रेसबाट सिफारिस भएका छन् । मंसिर ४ मा हुन गैरहेकाे चुनावमा लागि उनी सिफारिस भएकाे नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति झविन्द्र अर्यालले बताए ।

पूर्व नेपाली काङ्ग्रेस गुल्मीका सभापति समेत रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसका कार्यक्रता बिच अत्यन्तै लोकप्रिय मानिन्छन् । सरल र सादगी जीवन जिउने श्रेष्ठ सदरमुकाम तम्घासकै भएपनि गुल्मीका विकट ठाउँमा समेत परिचीत छन् । श्रेष्ठ नेपाली काङ्ग्रेसबाट सांसदका लागि सिफारिस भएपनि उनी गठबन्धनबाट उम्मेदवार बन्ने कांग्रेस गुल्मीले जनाएको छ । – सेतोमसिबाट

यो पनि पढ्नुहोस् काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्‍यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय