Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
कक्षा १२ को नतिजा प्रकासनको तयारि अन्तिम चरणमा | Naba Khabar
कक्षा १२ को नतिजा प्रकासनको तयारि अन्तिम चरणमा

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो ।

परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताए। यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ ।

त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर