खोला तर्ने क्रममा एक जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस् – चैनपुर । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका-६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय