काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले दशवटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको डेडलाइनभित्र वुधबार अधिकांश क्षेत्रबाट नाम सिफारिस भएको छ ।

जिल्ला पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार एकै समयमा क्षेत्रीय कमिटी बैठक आह्वान गरेको थियो । दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस भएको छ भने केही नाममा छलफल चलिरहेको एमाले काठमाडौंका एक पदाधिकारीले बताए ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम काठमाडौं ८ बाट सिफारिस नभए पनि उनले चाहेमा टिकट पाउने बताइएको छ । यसबाहेक सिनियर नेताहरु रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठ सिफारिसमा परेका छन् भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ ।

त्यस्तै, काठमाडौं ७ बाट दुईपटक जितेका सांसद रामवीर मानन्धर यसपटक सिफारिसमै आउट भएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भ्टराई काठमाडौं १ बाट सिफारिस भएका छन् । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको काठमाडौं ५ मा एकल नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ मा मणिराम फुयाल, ३ मा कृष्ण राई र ८ मा राजेश शाक्यको पनि एकल नाम सिफारिस भएको स्रोतले जनाएको छ । कतिपय क्षेत्रमा सर्वसम्मत नभएकाले सबैको नाम सिफारिस भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय