बुटवलमा फेरि अर्को डरलाग्दो दुर्घटना, बाबु-छोराको मृत्यु

बुटवल । बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।= अनलाइनखबर

यो पमि पढ्नुहोस् – काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संत्रपमणका कारण एक जनाको मृत्यु भएको छ, १७५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय