मनकारी व्यक्तिहरु जुटेपछि हुनेभयो बडिगाडकी शर्शीकलाको उपचार

गुल्मी । बागलुङको बडिगाड गाउँपालिका ५ ग्वालीचौरकी शर्शीकला विश्वकर्माको उपचार हुने भएको छ । आर्थिक अभावमा उपचार नपाई बिस्तारामै थलिएकी उनको विभिन्न मनकारी व्यक्तिहरुको सहयोगमा उपचार हुने भएको हो ।

परिवार र आफन्त समेत नभएकी उनी विगत १ महिना देखि दम रोगका कारण विस्तारामै थलिएकी छिन् । आफुसगं उपचार गर्ने पैसा नहुँदा र कहीँ कतैबाट सहयोग समेत नभएपछि जिटिभी अनलाईनले उनको भिडियो सामाग्री बनाएर प्रशारण गरेको थियो ।

उक्त भिडियो हेरेर बाँके जिल्लाको खर्जुरा गाउँपालिका स्थायी घर भई हाल अमेरीकामा रहनुभएका सहयोगी मनका धनी लिल बहादुर थापाले उनको उपचारको लागि लाग्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उनलाई बिहिवार उपचारका लागि पाल्पा पठाईएको जिटिभि नेपालका व्यवस्थापक एवम् सञ्चालक दिपक नेपालीले जानकारी दिनुभयो । जिटिभि नेपालबाट उक्त समाचार प्रशारण भएपछि बडिगाड गाउँपालिकाले समेत उनको उपचारका लागि यातायात खर्च उपलब्ध गराउने भएको छ ।

सहयोगी लिल बहादुर थापा –  गाउँपालिकाको तर्फबाट बिकको उपचारका लागि नगद रु १० हजार सहयोग गर्न लागिएको वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । उनको उपचारका लागि समाज सेवी नविन कुवर र वडा नं ५ का पूर्व वडाध्यक्ष अर्जुन घिमिरेले समेत सहयोग गर्नुभएको छ ।

यसैबीच गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ की शोभा सुनारको उपचारका लागि पनि समाजसेवी थापाले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । १४ वर्षको उमेरबाटै नसा सम्बन्धी रोगका कारण विस्तारामा थलिएकी शोभाको यसअगाडी पनि समाजसेवी लिल बहादुर थापाकै सहयोगमा उपचार गरिएको थियो ।

उपचारपछि स्वास्थ्य सुधार हुँदै गएपछि पुन : अर्को पटक चेकजाँच गर्न सहयोगी थापाले पठाउनुभएको रकम जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय