बागलुङमा विद्यालय हिँडेका शिक्षक मृत भेटिए

बागलुङ : जिल्लाको ताराखोला गाउँपालिका वडा ३ का ५७ बर्षीय शिक्षक रविलाल कडेल बुधबार बिहान करिब ९.४५ बजे मृत भेटिएका छन्।

घरबाट बिद्यालय हिडेका हिडेका उनको बाटोमा मृत्यु भएको हो । घरबाट नजिकै रहेको जनता प्रा.वि मा पढाउदै आएका उनलाई सोहि बिधालयका प्रधानाध्यापक लिलबहादुर जिसिले स्कुल जाने क्रममै बाटोमा मृत अवस्थामा देखेपछि प्रहरी लाई खवर गरेको र पोस्मार्टमाका लागि गलकोट प्रथामिक स्वास्थ्य केंद्र हरिचौर लगिएको थियो।

५७ बर्षिय कडेल नियमित सुगर तथा प्रेसर को औसधि सेवन गरि रहेका बुझिएकोले प्रारम्भिक अनुसन्धान बाट चक्कर खाइ ह्रदयघात बाट निधन भएको हुन सक्ने आशंका गरिएको छ । मुल कुराबाट

यो पनि पढ्नुहोस् – वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गरेका उनको मोटरसाईकल हुलाकी सडक आउनु अघि कच्ची बाटोमा नै पल्टिएको थियो ।

हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

वडा नं ९ का सचिव मुकेश गुप्ताले आफन्तको मृत्यु भएको भनेर छुट्टि लिएर गएका सहयाक सचिव विष्टको नै दुर्घटनामा परेर मृत्यु भएको खबर आएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय