बामपन्थी एकता आवश्यक तर तत्काल सम्भव छैन : झलनाथ खनाल

गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बामपन्थी एकता असम्भव रहेको बताएका छन् । नेपालमा वामपन्थी एकता आवश्यक रहेपनि असम्भव रहेको पूर्वप्रधानमन्त्री खनालले बताएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले नेकपा एमालेतर्फ केन्द्रित गर्दै वामपन्थी राजनीतिक नेतृत्वले एकताको महसुश नगरेको बताए । ‘वामपन्थी एकता आवश्यक भएपनि अहिले असम्भव छ ।’ नेता खनालले भने, “वामपन्थी राजनीतिक नेतृत्वहरु तयार नभएकोले अहिले एकता असम्भव छ ।” अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले अन्य दलहरुसंग एकीकरणको सम्भावना नभएको भन्दै निार्वचनपछि एकीकरणतर्फ लाग्ने बताए ।

संबिधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको नेता खनालले बताए । नेतृत्वको दम्भ र अंहकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संबिधानको रक्षा गरेको दाबी गरे ।

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँडको लागि कार्यदलले काम गरिहेको भन्दै चुनौती नहुने उनले बताए । नागरिकता बिधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाई छ । राष्ट्रियताको सन्र्दभमा सबै दलहरु एकताबद्ध नभएको उनले बताए । समाजबादी पार्टी नीति र विधि अनुसार अगाडि बढ्ने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि पार्टी एकता गर्ने गरी तीन बुँदे समझदारी भएको छ ।

सोमवार हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा शीर्ष नेताबीच भएको वार्तामा महत्त्वपूर्ण सहमति भएको हो । नेकपा एसका उपाध्यक्ष प्रमेश हमालका अनुसार गठबन्धन कायम राख्दै सिट बाँडफाँटमा दुवै पार्टीको एउटै पहल गर्ने समझदारी भएको छ । आगामी चुनावमा उम्मेदवार उठाउँदा समेत मिलेर दिने सहमति भएको उनले बताए ।

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी समेत भएको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक,वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

पार्टी एकता संयोजन समितिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट नाम टुंगो लाग्न बाँकी छ । नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको छलफलमा गठबन्धन दलबीचको कार्यदलमा कांग्रेसले धेरै सिट दाबी गरेको कुरा उठेको थियो ।

तत्काल समाजवादी केन्द्रको अवधारणा अनुसार बाबुराम भट्टराई र बामदेव गौतम समेत जोडिएकाले बलियो शक्तिको अभ्यासमा लाग्न नेताहरू सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय