प्रचण्ड-माधव नेपालबिच तीन बुँदे सहमति !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि पार्टी एकता गर्ने गरी तीन बुँदे समझदारी भएको छ ।

सोमवार हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा शीर्ष नेताबीच भएको वार्तामा महत्त्वपूर्ण सहमति भएको हो । नेकपा एसका उपाध्यक्ष प्रमेश हमालका अनुसार गठबन्धन कायम राख्दै सिट बाँडफाँटमा दुवै पार्टीको एउटै पहल गर्ने समझदारी भएको छ । आगामी चुनावमा उम्मेदवार उठाउँदा समेत मिलेर दिने सहमति भएको उनले बताए ।

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी समेत भएको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक,वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

पार्टी एकता संयोजन समितिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट नाम टुंगो लाग्न बाँकी छ । नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको छलफलमा गठबन्धन दलबीचको कार्यदलमा कांग्रेसले धेरै सिट दाबी गरेको कुरा उठेको थियो ।

तत्काल समाजवादी केन्द्रको अवधारणा अनुसार बाबुराम भट्टराई र बामदेव गौतम समेत जोडिएकाले बलियो शक्तिको अभ्यासमा लाग्न नेताहरू सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय