गुल्मी मुसिकोटकी पुष्पा १ महिना देखि बेपत्ता

सागर भण्डारी,गुल्मी । गुल्मी मुसिकोटकी एक युवती एक महिनादेखि बेपत्ता भएकी छिन् । मुसिकोट नगरपालिका वडा न २ भर्जुवा स्थायी घर भई हाल मुसिकोट ६ भुवाचिदी बस्ने पुष्पा नेपाली बेपत्ता भएकी हुन् ।

श्रावण ६ गतेदेखि बेपत्ता उनी कही कतैबाट सम्पर्कमा नआएको श्रीमान प्रकाश नेपालीले बताए । उनी श्रीमानसगैं भुवाचिदी पसलमा व्यापार गर्दै आएकी थिईन् । ५ वर्षीय छोरीलाई स्कुल छोड्न जान्छु भनेर निस्किएकी उनी त्यसपछि सम्पर्कमा नआएको श्रीमान नेपालीले जानकारी दिए । वामी प्रहरी चौकीमा श्रीमतीको खोजि पाउँ भनी निवेदन दिएको उनले बताए ।

प्रहरी आफन्त र छरछिमेकी जही तहीँ खोज्दा पनि फेला पार्न नसकेपछि उनले खोजि गरिदिन सबैसगं आग्रह गरेका छन् । उनलाई फेला पारेमा नजिकैको प्रहरी चौकी वा श्रीमान प्रकाश नेपालीको सम्पर्क नम्बर ९८६७८६८५०७ मा सम्पर्क गर्न उनले अनुराध गरेका छन् ।

यो पनि पढ्नुहोस् – एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । सुनसरीको बर्जु गाउँपालिका-१ वडा कार्यालय अगाडि सडकमा को.१ झ ४६९ नम्बरको एम्बुलेन्सले को.१९ प १९६८ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय उमेश कुमार चौधरीको निध भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय प्रमोद सरदारको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए । राईका अनुसार एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका-४ चियाबगानस्थित सडकमा बा.९ च ९६७३ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । मृतक पैदलयात्रीको पहिचान खुल्न बाँकी छ । मृतक अन्दाजी ४५ वर्षको पुरुष भएको बताइएको छ । शनिबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार चालकलाई प्रहरीको नियन्त्रणमा छन् भने मृतकको आफन्तको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय