गुल्मी । मुसिकोट नगरपालिकाको केन्द्र वामी बजारमै सञ्चारकर्मी माथि कु*टपिट भएको छ । मदिरा सेवन गरेका केही युवाले मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि अनलाईनमा कार्यरत सञ्चारकर्मी सुरज नेपाली माथि कु*टपिट गरेका हुन् ।
वामी बजारमा श्रीकृष्ण रथयात्रा हेर्न मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाबाट आएका मदिराले मत्त युवाहरुको समुहले सञ्चारकर्मी नेपाली माथि कु*टपिट गरेका हुन् ।“म मोटरसाईकलमा मदुश क्याफे तर्फ आउँदै थिए पीडित नेपालीले भने,एक्कासी ६/९ वटा मोटरसाईकलमा आएका युवाहरुले उ त्यही हो भन्दै कु*टपिट गरे नेपालीले भने-उनीहरुले टाउको र छातिमा हानेको उनले बताए ।”
वडा नं ६ कुर्घा भुवाचिदीका युवाहरु राजा भनिने चुरन पछाई लगायतका ७/८ जनाको समुहले नेपाली माथि कु*टपिट गरेका हुन् । मदिराको लठमा मत्त युवाहरुको समुहको कुटाईबाट नेपालीको टाउको, छाति र मुखमा चोट लागेको छ । पीडित नेपालीले आवश्यक कारबाहीको माग गर्दै वामी प्रहरी चौकीमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् ।
वामी प्रहरी चौकीका ईन्चार्ज हरि ओलीले निवेदनका आधारमा आवश्यक कारबाही अगाडी बढाउने बताए । स्थानीयले पछिल्लो समय वामी बजार क्षेत्रमा मदिरा खाएर होहल्ला गर्ने, अपाच्य शब्दहरु प्रयोग गर्दै हिसां फैलाउने तथा स्थानीयहरु माथि नियमित रुपमा कु*टपिट गर्ने लगायतका घटना हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय विवेक काफ्लेले वामी बजारको सुरक्षा चिन्ता बढ्दै गएको बताए । काफ्लेले नियमित रुपमा यस्ता घटना हुँदा पनि प्रहरी प्रशाशनले कारबाहीको प्रक्रिया अगाडी नबढाउनु दुःखद भएको बताए । मदिरा सेवन गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्ने युवाहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउन उनको माग छ ।


