गुल्मीमा भेटिएको शवको पहिचान खुल्यो !

गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए । उक्त कंकाल मुसिकोट नगरपालिका १ बस्ने ७९ वर्षीया सेती खातिको रहेको वडा अध्यक्ष कुवरले उल्लेख गरे । शवको पोस्ट मार्टमको लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याईएको छ ।

यो पनि पढ्नुहोस – हुमाकान्त पोखरेल, गुल्मी : तपाई सोच्न सक्नुहुन्छ, गुल्मीमा एक बर्षमा कति किलोमिटर बाटो पक्की भयो होला ? कम्तिमा सय किलोमिटर वा हजार किलोमिटर । अझ भनौ, एमाले नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, माओवादीका सुदर्शन बरालजस्ता नेता उत्पादन गर्ने जिल्लामा राम्रा सडक होलान् ।

अर्थात् जिल्लाका अधिकाशं सडक पक्की भइसकेहोलान् । यो सोच्नु स्वभाविक पनि हो । तर जिल्लाको वास्तविकता भने ठीक उल्टो छ । सरकारी संयन्त्र कमजोर हुँदा जिल्लामा सडकका कामले गति लिन सकेको छैन । गत आर्थिक बर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर मात्रै बाटो पिच भएको छ । केही आयोजनाको म्याद थप गरिएका कारण लगाएका ठेक्काको पनि काम हुन सकेन ।

निर्माण सुस्त गतिमा – गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन इकाई, मदन भण्डारी राजमार्ग र सडक डिविजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्छन । जसमध्ये मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक पिचको काम नै भएको छैन भने बाँकी तीन कार्यालयबाट मात्रै थोरै–थोरै मात्रामा सडक पिच गरिएको छ ।

पिच गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तरगतका ठेक्काबाट ८.५ किलोमिटर सडक पिच गरिएको छ । तम्घास–रेसुङ्गा सडकअन्तरगत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याट बाहेक कुल १५ करोड १८ लाख ९९ हजार १०६ रुपैँया ७० पैसामा छ किलोमिटर सडक पिच गर्ने जिम्मा लिएको थियो । पिच नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार ३६९.९० रुपैँया भुक्तान भइसकेको छ ।

तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क–डडुवा–छिर्ने–पटौती–प्युठान सडकअन्तरगत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी–चेक्मी खण्डमा चार करोडभन्दा बढीको लागतमा सडक पक्की भएको हो । ०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । पिचको काम पूर्णरुपमा नसकिएपनि ९५ भन्दा बढी काम सकिएकोले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ ।

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाडा–सेउघाअन्तरगतको २.५ किलोमिटर सडक पिच भएको छ । ०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग कामको सम्झौता गरेको थियो । कुल ४.५ किलोमिटर सडक पिचका लागि कम्पनीले भ्याट बाहेक नौ करोड ४६ लाख ७३ हजार तीन सय रुपैँया ८५ पैसामा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारले जानकारी दिए ।

संघीय आयोजना कार्यान्वयन इकाईअन्तरगत ११२ मिटर सडक पिच गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक पिच गरिएको हो । कुल ८५ लाखमा सडक पिच, ३०२ मिटर पिचमा कालोपत्रे थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा –७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सब–इन्जिनियर नारायण बुढा मगरले जानकारी दिए ।

रुद्रवेणी–वामीटक्सार सडक अन्तरगतको वामी बजारको दुई किलोमिटर सडक पिच गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक बर्ष ०७६÷७७ मा सडक डिविजन पाल्पासँग सम्झौता गर्यो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । थियो । गत आर्थिक बर्षमै रेसुङ्गा नगरपालिका –७ स्थित भेटेनरी कार्यालय जाने सडक पिच गरिएको छ ।

प्रदेश समपुरक कोषबाट ३४ लाख लागतमा २४० मिटर सडक पिच भएको हो । पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले चालु आर्थिक बर्षमा पिचको काम बढी हुने बताए । ठेक्का भएका कामको समेत मौसम प्रतिकुलताका कारण काम गर्न नपाएको भन्दै भण्डारीले ति आयोजनाहरु चालु आर्थिक बर्षमा सकिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय