वाईसीएललाई- फौजको रूपमा प्रस्तुत हुनु प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रवार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

यो पनि पढ्नुहोस् – मेयर साम्पाङ स्थानीय सर्दुखोलामा खानेपानीको मुहान अवलोकन पुगेका थिए । त्यहाँ क्यामरा बोकेर पुगेका केही युट्युबरले उनीसँग भलाकुसारी गरे । उनलाई सुरुमा काठमाडौं पुग्दा कस्तो महसुस भयो भनेर सोधिएको थियो ।

साम्पाङले जवाफ दिए, ‘धरानमा भन्दा मेरा समर्थक काठमाडौंमा रैछन् जस्तो लाग्यो । नजिकको मान्छेलाई त्यति वास्ता पनि हुन्न ।’ उनले आफूलाई तारासँग तुलना गर्दै भने, ‘बत्ती र स्टारमा के फरक छ भन्नुस् त ? स्टार टाढा हुने भएकाले त्यसको महत्व धेरै हुन्छ ।’त्यसपछि युट्युबरले बालेनसँगको वाकयुद्धको प्रसंग कोट्याए । मेयर साम्पाङ जवाफ दिनबाट पन्छिएनन् । उनले भने, ‘मैले उहाँलाई यसो चलाइदेको मात्रै हो । बसिराख्नुभाको रैछ, उठौं भनेर ।’

युट्युबरः बालेनलाई किन भेट्नुभएन त ? साम्पाङः बालेन साहसँग भेट्न आवश्यकता के पर्छ र मेरो ? न ऊ प्रदेशको रिप्रेजेन्ट गर्ने, न संघको । उहाँ मेयर, म पनि मेयर । उहाँ ठूलो महानगरपालिकाको सुविधासम्पन्न र स्रोतसाधन सम्पन्न मेयर । म भनेको यस्तै पाखाभित्ताको मेयर ।’

युट्युबरः तैपनि साथीको हिसाबले भेट्न सकिन्थ्यो नि ? साम्पाङः हामी साथी कहाँ हो र ? स्वतन्त्र-स्वतन्त्र, लौरो-लौरो भनेरमात्रै भनेको हो । अहिलेसम्म मैले एउटा म्यासेज लेख्या छैन उहाँलाई ।’

युट्युबरः बालेनले त मेरो लौरो चुनाव चिन्ह लिएर जितेको जस्तो कुरा गर्नुभएको छ नि ?’ साम्पाङः त्यो भ्रममा नबस्दा पनि हुन्छ । बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे । त्यो खालको कुरा गर्यो भने…. । उहाँको फाल्टै लोकप्रियता थियो, उहाँले जित्नुभयो । मेरो फाल्टै लोकप्रियता थियो, मैले जितें । जोडेर हेर्नुपर्ने आवश्यकता छैन । एउटा म्यासेज गरेको छैन उहाँ र मैले । एउटै हो कि भन्ने भ्रम यसपालि प्रस्ट भयो होइन ? उहाँसँग भेट्ने प्लान पनि थिएन मेरो ।

अलि सोसल पनि हो जस्तो लागेन मलाई त । केके-केके लेख्नुहुन्छ । श्रमदान गर्नुपर्‍यो भनेको ५ केजी खोइ के-के भनिराख्नुभाथ्यो । काम गरेर देखाउनु नि ! बालेनजीलाई यहाँबाट भन्छु, एउटा चैं काम गरेर देखाउनु अनि बालेनसँग कुरा गर्न पाउनुहोला । यतिमात्रै भनौं ।’

यति भनेर उनी हिँड्छन् । तर, हिँड्दाहिँड्दै बालेनलाई गाली गर्दै एक्लै भुत्भुताउँछन् । ‘के गर्‍या छ त ? फोहोर सोहोरेर देखाए हुन्थ्यो नि ! मैले यहाँ ६ लाख विरुवा रोपिसकेँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय