मुसिकोटमा आगोलागि हुँदा गोठ र घरको एकापट्टि जलेर नष्ट

मुसिकोट, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ तोलादिमा आगोलागि हुँदा एक गोठ र घरको एकापट्टि जलेर नष्ट भएको छ ।

बिहिबार साँझ करिब ५ बजेतिर स्थानीय खिम बहादुर कुमालको घरमा आगो लागि हुदा घर र गोठमा रहेका सबै सामान जलेर नष्ट भएका छन् भने मानब जिबन र पशुचौपायामा भने कुनै क्षेती नभएको पत्रकार दिलु केसीले जानकारी दिनभयो।

आगो लागेको देखेपछि छिमेकी विष्णु कुमाल र गाउँलेहरूको सबैको  सहयोगमा आगो नियन्त्रण गरिएको थियो।  उक्त आगोलागिबाट खिम बहादुर कुमालको करिब  दुई लाख बराबरको क्षेति भएको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस् – चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय