निसीखोलामा फेला परेको शवको ट्याटुबाट पहिचान

बागलुङ : बागलुङको निसीखोलामा बुधवार फेला परेको टाउको नभएको शवको पहिचान खुलेको छ । उक्त शव निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको रहेको पुष्टी भएको हो ।

सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो । उनको टाउको भने भेटिएको छैन । स्थानीयले विहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् – रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय