जनमत नदेखेपछि प्रदेश सभा निर्वाचनमा जान डराए रवि लामिछाने

काठमाडौं – सञ्चार क्षेत्र छाडेर एकाएक राजनीतिमा होमिएका रवि लामिछाने यतिबेला देशव्यापी दौडाहमा लागेका छन् ।

प्रमुख सहरदेखि विभिन्न जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारमा लागेका रवि आगामी निर्वाचनमा जान डराएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ध्यान केन्द्रित गरेका रविको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। सो पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने लामिछानेले भिडियो सन्देशमार्फत बताएका छन् ।

‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापक रूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ,’ उनले भनेका छन्,’ यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनुबाहेक केही होइन।

प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’ कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको रविले बताएका छन् ।

रविको यो निर्णयले उनी संघीयताको विरोधमा रहेको प्रस्ट हुन्छ । जनतामा संघीयताप्रतिको विरोधको फाइदा लिन पनि उनले यो निर्णय गरेको विश्लेषण हुन थालेको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय