राष्ट्र निर्माणको जग बसाउने अवसर स्थानीय सरकार प्रमुखलाई:

बिपिन बिश्वास रायमाझी । ठुला राजनीतिक दल र नेताहरूबाट आजित नागरिकको मन जित्दै राष्ट्र निर्माणको जग बसाउने अवसर स्थानीय सरकार प्रमुख-हरुलाई।

समग्र रुपमा हामिले अपनाईरहेको नेपालको बर्तमान निर्वाचन प्रणालीले स्थायित्व र स्थिर सरकार बन्न दिनै सक्दैन । चुनाव अघि या चुनाव पछि गरिने तालमेल बाट बन्ने सरकार आ-आफ्ना स्वार्थ अनुकुल हुँदा आम नागरिकमा राजनीतिक दल र नेताहरूप्रती मात्र होइन, बिस्तारै हामिले अवलम्बन गरेको ब्यबस्था प्रतीनै बितृष्णा बढदो छ।

यद्यपि संविधान निर्माण र स्थानीय तहको पुनः संरचनापछी भने इच्छाशक्ति र इमान भएको नेतृत्व हुनेहो भने राष्ट्र निर्माणको जग र आम नागरिक माझ समृद्ध समाज बन्दै गरेको सकारात्मक सन्देश दिन स्थानीय सरकारलाई महत्वपूर्ण अवसर छन।

राष्ट्र भरीनै पुराना राजनैनिक दलहरुको दबदबा र स्थानीय तहमा देखिने सिन्डिकेट राजनीतिले आम नागरिकमा उत्साहजनक परिवर्तन ल्याउन सकेको छैन। बैशाख सम्पन्न स्थानीय तह निर्वाचन पश्चात् अधिकाम्स ठाउँमा स्वतन्त्र उम्मेद्बारीहरु प्रशस्त देखिए,देशको मुख्य राजधानी भएको शहर देखि केही अन्य ठाउँमा अप्रत्याशित रुपमा फरक नतिजा आयो र राजनीतिक दल बाहिरका भुई नागरिकका मुद्दा बोकेका केही पात्रहरु स्थानीय सरकार प्रमुखमा बिजयी भए।

राजनितीक अस्थिरता,राजनैनिक नेतृत्वमा बढदो बिलासिता-लम्पसारवाद ,वैदेशिक हस्तक्षेप,चरम आर्थिक दुराबस्था,बढदो ब्यापार घाटा लगायतका कुराहरूले सिङ्गो राष्ट्रको अस्तित्व नै धरापमा पर्नेहोकी भन्ने प्रश्न पनि उठिरहेका छन। २४० बर्ष पुरानो राजसस्थालाई हटाउदै ल्याईएको गणतन्त्रमाथि नै आजभोलि टीका-टिप्पणी र प्रश्न उठिरहेका छन।बिगतमा नागरिकको हकहितको निम्ति आवाज उठाउदा कठिन भन्दा कठिन परिस्थितिमा राष्ट्रहितको निम्ति र नागरिक हितको निम्ति जेल-नेल भोगेका भनिएका राजनैनिक नेतृत्व आजभोली बारम्बार बिवादमा आईरहन्छन।

यद्यपि हामि नागरिक भन्दा कार्यकर्ता ज्यादा भएको मुलुकको अग्रपंक्तिमा उकाली लाग्दैछौ भन्ने गम्भीर बिषयमा छलफल हुदैन, केवल ब्याक्तीगत स्वार्थ र शक्तिको निम्ति गरिएको अहिलेको राजनीतिप्रती यसै बितृष्णा बढेको होइन।

यस्तै अस्थिर राजनिती स्थानीय तहहरुमा पनि नभएको भने होइन,समाजको हित र दीर्घकालीन बिकासको बारेमा सोच्न सक्ने क्षमता नै नभएका नेतृत्वहरु निर्वाचित भएको देख्दा र कार्यकर्ताको घेराबन्दीमा हिडिरहेको देख्दा अत्यन्तै चिन्ताजनक अवस्था छ। यद्यपि बढदो राजनैतिक बितृष्णाका बाबजुद स्थानीय सरकार प्रमुख, प्रतिनिधिमा निर्वाचित विभिन्न स्वतन्त्र एव दलगत नेतृत्व गरेका युवा पुस्ता एवं दलिय राजनीतिक स्वार्थ भन्दा माथी उठेर कार्यसम्पादन गर्नसक्ने नेतृत्व देख्दा,देश बन्ने र हाम्रै पालामा बन्ने कुरामा आशा पलाउदै गएको छ।दलिय संरचना होस या बाहिरबाट आएका नयाँ पुस्ताका नेतृत्वहरुको समाजको हितको निम्ति चाल्ने फरक किसिमका रणनीतिक र समाजको हितका एजेन्डा र कार्यक्रमले केही सान्त्वना थातिराखेका छन।

समग्र ब्यबस्थामाथी नै प्रश्न चिन्ह उठिरहेका बेला आम- नागरिकको मन जित्नेगरी कार्यसम्पादन गर्ने अवसर पाएका स्थानीय सरकार प्रमुखहरुले राष्ट्र हित र समृद्धिको निम्ति बलियो जग निर्माण गर्ने सुवर्ण अवसर पाएका छन। यद्यपि ग्रामीण इलाकामा भैरहेको बढदो बसाई-सराई,युवा बेरोजगार र

खराव मानसिकताको उपज लगायतका कुराहरुको चुनौतीका बाबजुद आफ्नो अधिकार क्षेत्र प्रयोग गर्दै स्थानीय प्रशासन,र आम नागरिकसङ्गको साझेदारीमा समाजको हित अनुकुल र नागरिकले प्रत्यक्ष अनुभुती गर्न सकिने कैयौं फरक उदाहरणिय कार्यक्रमहरु गर्न सकिन्छ।जसले आमनागरिक माझ बढदो राजनितीक बितृष्णाको साख जोगाउने उदाहरणिय प्रतिनिधित्व गर्छ।

अहिले निर्वाचित स्थानीय सरकार आगामी पाँच बर्षसम्म निरन्तर रहने र इमानदार एव इच्छाशक्ति भएको राजनैतिक नेतृत्वको हातमा स्थानीय तहको नेतृत्व जिम्मेवारीमा निर्वाचित भएक्ल खण्डमा  विभिन्न दीर्घकालीन एवं पन्चवर्षीय योजना बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न सकिने कुरामा दुईमत छैन।जसको निम्ती मुख्य जिम्मेवार स्थानीय सरकार प्रमुखको हुन्छ साथै निर्वाचित अन्य प्रतिनिधि,कर्मचारी प्रशासन र आम नागरिकको अर्थपूर्ण भुमिका हुन्छ।

बर्तमान अवस्थामा स्थानीय सरकार र नेतृत्वले नागरिकको मन जित्दै फरक काम गर्न यी र यस्ता बाटाहरु पनि अपनाउन सक्छन।जस्तैः बढदो आर्थिक सङकटलाई कम गर्न बितरणमुखी बजेटलाई उत्पादनमुखी र परिणाम मुखी बनाउदै कृषि एवं अन्य उत्पादनमा आत्मनिर्भर एवं युवा स्वरोजगार अभियान सहित कार्यक्रम गर्न सकिन्छ।

चुस्त दुरुस्त नागरिक सेवालाई प्राथमिकतामा राखेर कर्मचारी प्रशासनलाई नागरिक मैत्री,सार्वजनिक शिक्षाको गुणस्तर सुधार र सामाजिक सचेतना वृद्धिलाई प्राथमिकतामा राख्न सकिन्छ।दीर्घकालीन बिकास र युवा उधमसिलता बिकासको निम्ति युवाहरु र बिसयगत बिज्ञहरु सम्मिलित टिम बनाएर काम गर्न सकिन्छ।साथै आम-नागरिकको प्रत्यक्ष सरोकारका जनस्वास्थ्यको रक्षा ,बजारमुल्य नियन्त्रण जस्ताकुरालाई प्राथमिकतामा राख्न सके नागरिक स्तरमा स्थानीय सरकारप्रती भरोसा रहिरहन्छ।

यसर्थमा प्रत्यक्ष रुपमा आम नागरिक सङ्ग जोडिने मुद्दाहरुको केन्द्रमा रहेर नागरिकको मन जित्नेगरी कार्यसम्पादन गर्ने अवसर पाएका स्थानीय सरकार प्रमुख एव प्रतिनिधिहरुले गर्ने असल कामहरुले उनिहरुको कर्यकुशता सङ्गै समृद्ध राष्ट्र निर्माणको बढदो आशाको पर्खालमा एक मजबुत इट्टाको काम गर्न सक्छ।त्यसैले सम्पुर्ण निर्वाचित प्रतिनिधिहरुलाई पछिल्लो पुस्ता र आउदो पुस्ताले सम्झिने गरि खोज,अध्ययन र छलफल गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा आफ्नोपनि  मजबुद ओजन बनाउने सफलता मिलोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय