श्वेत-गंगा हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कतिमा पहिलो कारोबार ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SGHC ​​ सिम्बोल प्राप्त गरेको छ ।

कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि-सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – मन्दाकिनी हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकरण भएको हो ।

अब आज बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०७ रुपैयाँभित्र रहेर हुनेछ । एमएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय