सानोभेरी नदीमा युवकको शव भेटियो

दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ ।

सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ । प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको छ ।

मृतकको पहिचान भने खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – मन्दाकिनी हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकरण भएको हो ।

अब आज बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०७ रुपैयाँभित्र रहेर हुनेछ । एमएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय