नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठक सम्पन्न,विभागलाई छिट्टै पूर्णता दिइने

विष्णुप्रसाद आचार्य “चकित”- नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिको बैठक आइतबार प्रदेश पार्टी कार्यालय बुटबलमा सम्पन्न भएको छ | सम्पन्न बैठकमा आगामी भाद्र १० देखि २४ गतेसम्म संचालन हुने घरघर जाउँ कांग्रेस जिताउँ अभियानको लागि लुम्बिनी प्रदेश कांग्रेसले प्रतिनिधि खटाउने भएको प्रदेश समिति उपसभापति भुवन प्रसाद श्रेष्ठले बताउनुभयो |

विशेष गरि मङ्सिरमा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरि काँग्रेस जगाउं र जिताउँ अभियान लिएर प्रदेश कार्य समिति आम नागरिकको घरघर पुग्ने गरि जिम्मेवारी बाँडफाँड गरिने श्रेष्ठको भनाइ छ | जसको लागि पार्टीले यस अगाडी रहेका २२ वटा विभागलाई बढाएर ३५ पुराउने र जिम्मेवारी सुम्पिने पनि उहाँले बताउनुभयो |

सम्पन्न कांग्रेसको बैठकमा लगत्तै प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने,पार्टीको केन्द्रीय समितिको निर्देशन बमोजिम गठबन्धनलाइ अझै प्रभावाकारी बनाउने,आपसी मनमुटावलाई बिर्सेर झन् बलियो भएर अगाडी बढ्ने लगायतका निर्णय भएकोले बैठक निकै सौहार्दपूर्ण र उपलब्धिमुलक भएको बताइएको छ |

लुम्बिनी प्रदेशभर रहेका ५२ वटा प्रदेश सभामा प्रदेश समितिका पदाधिकारी र सदस्यहरु गरि घरघर जाउँ कांग्रेस जिताउँ अभियान संचालनले गाउगाउमा रहेका कांग्रेसका समस्या र कार्यकर्ताका गुनासालाई समेत सम्बोधन गर्ने उद्देश्य भएकोले यस अभियानले कांग्रेसलाई थप बलियो र एकतावद्द बनाउने कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समिति सदस्य विष्णु कुमारी सापकोटाले बताउनुभयो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय