बडिगाडमा फेरी बढ्दै कोरोना एकैदिन ७ जनामा सक्रंमण पुष्टी

सागर भण्डारी,बडिगाड । बडिगाड गाउँपालिकामा पछिल्लो समय फेरी कोरोना सक्रंमितहरु देखिन थालेका छन् । पालिकाको स्वास्थ्य शाखाका अनुसार आईतबार सकांस्पद ३४ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

बडिगाड गाउँपालिका वडा नं ९ खहरेमा सकांस्पद लक्षण देखिएकाहरुको परिक्षण गर्दा सक्रंमित फेला परेका हुन् । उनीहरुमा रुघाखोकी, ज्वरो लगायतका लक्षणहरु देखिएपछि स्वास्थ्य शाखामा जानकारी गराएका थिए । सक्रंमित सबैलाई औषधि दिएर एक हप्ता होम आईसोलेसनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँका अधिकाशंमा ज्वरो,रुघाखोकी,टाउको दुखाई लगायतका स्वास्थ्य समस्या देखिएपनि ३४ जना सकांस्पद लक्षण देखिएकाहरुको एन्टिजेन परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य सयोंजक बिपेन्द्र केसीले जानकारी दिनुभयो ।

केसीले पछिल्लो समय फेरी कोरोना सक्रंमितहरुको संख्या बडिगाड गाउँपालिकामा पनि देखिन थालेकाले कोरोनासगं मिल्दोजुल्दो लक्षण देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गई एन्टिजेन परिक्षण गर्न समेत आग्रह गर्नुभयो । मौसमी रुघाखोकी भनेर घरमै नबस्न उहाँको अनुरोध छ ।

गाउँपालिकामा रहेका १६ स्वास्थ्य संस्था मध्ये १० वटा स्वास्थ्य संस्थामा एन्टिजेन परिक्षण हुने उहाँको भनाई छ । केसीका अनुसार ७ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कोरोना परिक्षण गर्न सक्ने गरी पालिकाले व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय