गुल्मेली समाज जापानद्वारा “तीज” कार्यक्रम आयोजना

विष्णुप्रसाद आचार्य ‘चकित’ – गुल्मेली समाज जापानको आयोजनामा यहि मिति २०२२/०८/२९ तारिक सोमबार तीज बिशेष कार्यक्रम हुने भएको छ | जापानको नाकानो जेरो हलमा नेपाली समय बिहान ९ बजे तथा जापानको समय १२:१५ बजेदेखि हुने कार्यक्रममा एक दर्जनभन्दा बढी सँस्थागत समितिहरुले सह-आयोजकको भूमिका निर्वाह गर्ने भएका छन् |

जस अन्तरगत गुल्मेली समाज जापान कान्तो क्षेत्रीय समिती, गुल्मेली समाज जापान चुबू क्षेत्रीय समिती,वामी सेवा समिती जापान,रुपाकोट समाज जापान,अर्लांगकोट समाज जापान,बडागाँउ समाज जापान,कुर्घा समाज जापान,आँपचौर समाज जापान,दिब्रुंग समाज जापान,पौंदी सेवा समाज जापान,वामी नमुना समाज जापान,अर्याल समाज जापान,कालीगण्डकी समाज जापान,लगायतले सह आयोजकको भूमिका निर्वाह गर्ने गुल्मेली समाज जापानका प्रवक्ता दीलिप थापाले जानकारी दिनुभयो |

टोकियोमा आइतबार बसेको समाजको बैठकमा सोमबार हुने कार्यक्रमको बारेमा छलफल तथा जानकारी गराइएको थियो | कार्यक्रममा जापानमा रहेका गुल्मीबासीहरुको सहभागीता र स्थानीय कलाकारहरुको भव्य तथा बेजोड मनोरन्जनात्मक प्रस्तुति रहने बताइएको छ | सम्पूर्ण गुल्मीबासीहरुलाई यसै समाचार तथा सुचनालाइ आधार मानी उपस्थितिको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ |

बिभिन्न शिलशिलामा नेपालबाट जापानमा गएर कर्मथलो बनाएका नेपाली तथा गुल्मेलीहरुबीच सहयोग,सद्भाव बढाउने र संगसंगै सँस्कार र संस्कृतिको बचाउ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रवक्ता थापाले बताउनुभयो | कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष महेन्द्र कुमार अधिकारीको रहेको थियो भने  संचालन महासचिव संगीता कुँवरको रहेको थियो साथमा कार्यसमितिका अन्य पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

स्मरण रहोस गुल्मेली समाज जापानले जिल्लाका बिभिन्न सँघसँस्थाहरु, दुखी, निमुखा र दीर्घ बिरामीहरुको लागि सक्दो सेवा समेत गर्दै आईरहेको छ |

उक्त तीज कार्यक्रमको संयोजक गुल्मेली समाज जापानकी  महिला उपाध्यक्ष लक्ष्मी केसी महर्जनलाई तोकिएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय