प्रचण्डले ललितपुर ३ ताकेपछि गठबन्धनमा तरंग

काठमाडौं – सत्तारुढ गठबन्धन दलबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको गृहकार्य सुरु भइरहेका बेला शीर्ष नेताहरूलाई सुरक्षित क्षेत्र उपलब्ध गराउने रणनीति बनाइएको छ ।

जसकारण नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि सुरु भएको छ । यसो गर्दा माओवादी र एकीकृत समाजवादीका नेताहरूलाई फाइदा हुने र कांग्रेसलाई घाटा हुने देखिएको छ ।सबैभन्दा सकस अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ । उनी चितवन ३ बाट उठ्ने कि अर्को क्षेत्रबाट उठ्ने भन्ने द्विविधामा छन् ।

त्यसका लागि उनले ज्योतिष सुरेशचन्द्र रिजालसँग परामर्श गरिरहेका छन् । प्रचण्डको गृहजिल्ला चितवन भए पनि अहिले उनी ललितपुरको खुमलटारमा बस्छन् ।

जुन क्षेत्र नम्बर ३ मा पर्छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसले पनि दाबी गरिरहेको छ । अहिले माओवादीकी पम्फा भुसाल सांसद छिन् । तर, यसपटक कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत र मदन अमात्यबीच एकजनाले टिकट पाउने निश्चित छ ।

तर, माओवादी अध्यक्ष प्रचण्डले ललितपुर ३ मा आँखा गाडेपछि गठबन्धनमा तरंग सिर्जना भएको छ । स्रोतका अनुसार माओवादीमा प्रचण्डलाई जसरी पनि चुनाव जिताउनुपर्ने दबाब छ ।

त्यही भएर उनलाई कहिले सिन्धुली १, कहिले सर्लाही ३ त कहिले ललितपुर ३ मा उठाउने चर्चा चल्ने गरेको छ । यदि यसपटक कांग्रेसले ललितपुर ३ मा टिकट नपाए ठूलो विद्रोह हुने बुझिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय